स्कुल गट ट्यालेन्ट २०८२ काे उपाधि अक्सफोर्ड सेकेण्डरी स्कुल बुटवलका अंकित गाैतमले जितेका छन् । फाइनल राउन्डमा पुगेका ८ जना प्रतिष्पर्धीलाई पछाडि पार्दै गाैतमले उपाधिसँगै नगद रु ५५०००, मेडल, शिल्ड हात पारेका हुनेछौं न्। वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलको आयाेजनामा भएको कार्यक्रममा ग्लोरी स्कुलकी अध्यता भण्डारी फस्ट रनर अप हुँदै रु ३५००० नगद पुरस्कारका साथै शिल्ड मेडेल प्राप्त गरेकी छन् । त्यसैगरी मणिमुकुन्द स्कुलकी दिया सारु सेकेन्ड रनर अप भई रु २५००० प्राप्त गर्न सफल भएकी छन्। यसैगरी बुद्ध दीप स्कुलका आयुस सुनार सान्त्वना भएका छन् ।
विगत २६ वर्षदेखि बुटवलमा सञ्चालनमा रहेको एकेडेमीले नयाँ पुस्ताका विद्यार्थीहरुलाई लक्षित गरी बालबालिकामा रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको एकेडेमीकी सञ्चालक लालिमा श्रेष्ठले बताउनुभयाे । श्रेष्ठले गट ट्यालेन्ट प्रतियोगिताअन्तर्गत रुपन्देहीका विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य, गायन, वाद्यवादन, अभिनय-नाटक, कमेडी, र्यापजस्ता विधामा प्रतिस्पर्धा गरेका थिए ।
सहभागी विद्यार्थीहरुलाई विभिन्न ५ वटा चरणमा प्रतिस्पर्धा गराइएको एकेडेमीका म्यानेजर सुमन गहतराजले जानकारी दिनुभयाे । उहाँका अनुसार ग्राउन्ड अडिसन, मेघा अडिसन, वर्कसप, सेमीफाइनल हुँदै नृत्य विधातर्फ ६ जना र गायन विधातर्फ ३ जना गरी ९ जना फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका थिए । ‘नो भोट, नो एसएमएस’भन्ने मूल नारासहित सम्पन्न भएको प्रतियोगिताको निर्णायकमा मनिष सारु र विनोद चौधरी रहनुभएकाे थियो ।
सोही अवसरमा बोल्दै नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले विद्यार्थीहरूभित्र लुकेको कुनै पनि प्रतिभालाई उजागर गर्न यस्ता ट्यालेन्ट सोले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । उहाँले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिन आग्रहसमेत गनुभयाे ।
प्रकाशित मिति : आइतबार, माघ १८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्