तिलोत्तमा नगरपालिका वडा नं तीनमा निर्वाचन प्रचारप्रसार कार्यालय स्थापना, करिब तीन दर्जन युवा नेपाली कांग्रेसमा प्रवेश 

तिलोत्तमा नगरपालिका वडा नं तीनमा निर्वाचन प्रचारप्रसार कार्यालय स्थापना, करिब तीन दर्जन युवा नेपाली कांग्रेसमा प्रवेश 

तिलोत्तमा,

तिलोत्तमा नगरपालिकाको वडा नं। ३ मा निर्वाचन परिचालन वडा कार्यालय उद्घाटन गरिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नं तीन मा प्रचारप्रसार कार्यालय स्थापना गरेको हो। सो अवसरमा

बदलिएको काँग्रेसले मुलुकलाई पनि बदल्छ’

युग अनुसार बदलिएको काँग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस नेताहरुले दावी गरेका छन् । आसन्न प्रतिनीधि सभा निर्वाचनका सन्दर्भमा रुपन्देही क्षेत्र नं। २ मा वडा प्रचार कार्यालयहरुको उद्घाटनका क्रममा नेताहरुले काँग्रेस मुलुकको मियो पार्टी भएको दावी गर्दै मुलुकलाई सहि दिशा र गति दिनका लागि काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गरेका हुन् ।

 

त्यस अवसरमा उम्मेद्वार पौडेलले आगामी निर्वाचन पार्टीको विश्वास, इतिहास र भविष्यको परीक्षा भएको औंल्याउँदै लामो समयपछि नेपाली काँग्रेसको पहिचान रुख चिन्हमा मतदान गर्न पाउनु गौरवको विषय भएको बताउनु भयो । उम्मेद्वार पौडेलले नेपाली काँग्रेसमा अनुभवी र दिग्गज नेताका साथै उत्साही युवा तथा विद्यार्थीहरू टोल–टोलमा खटिरहेको पनि बताउनु भयो । लोकतन्त्र संसारकै सबैभन्दा लोकप्रिय शासन व्यवस्था भए पनि देशमा राजनीतिक अस्थिरता, युवा निराशा र जनविश्वास कमजोर हुँदै जानु चिन्ताको विषय भएको बताउँदै उहाँले भन्नुभयो–‘हिजोको अवस्थाभन्दा आज हामी कति बदलिएका छौँ, जनताको आशा कति बोकेका छौँ भन्ने प्रश्न आफैँलाई सोध्न आवश्यक छ ।’

उहाँले यस्ता यावत समस्याको समाधान खोज्न आफू राजनीतिमा आएको स्पष्ट पार्दै आफूले झुटा सपना नदेखाउने, सत्य बोल्ने, जिम्मेवारी लिने र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अब व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक लक्ष्य रोज्नुपर्ने, निराशा होइन आशा छर्नुपर्ने समय आएको उल्लेख गर्दै भोलीको नेपाल युवामैत्री, रोजगारमुखी र सुशासनयुक्त बनाउने नेपाली काँग्रेसको लक्ष्यमा आफू सारथी बन्ने विश्वास दिलाउनु भयो । नेपाली काँग्रेसलाई बलियो बनाएर देशको भविष्य सुरक्षित गर्न कालागि सबैलाई एकताबद्ध भएर आम नेपाली जनताको विश्वास जितेको नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न आम मतदातालाई आग्रह गर्नुभयो ।

त्यस्तै पार्टीका क्षेत्रीय सभापति, निर्वाचन परिचालन मुल समितिका संयोजक प्रजापाल गिरीले आम नेपाली जनताले भरोसा गरेको नेपाली काँग्रेसले गर्विलो ईतिहास बोकेको र सुनौलो भविश्यको मार्गचित्र पनि कोरेको बताउँदै आम नेपालीले देखेको सपना साकार पार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अहिले नेपाली जनतामा नेपाली काँग्रेस प्रतिको आशा र भरोसा बढेको बताउँदै यो आशा र भरोसालाई तुईन नदिईने दावी गर्नुभयो । त्यसका लागि नेपाली काँग्रेसलाई विश्वास गरेर पार्टीका उम्मेद्वारलाई जिताउन पनि आग्रह गर्नुभयो ।

तिलोत्तमा नगरपालिकाका नगर सभापति हरिलाल पाण्डेले कार्यक्रममा पार्टीका नेताहरुले नेपाली काँग्रेसलाई विश्वास गरेर नेपाली काँग्रेसले अगाडि सारेका उम्मेद्वारलाई जिताउन रुख चिन्हमा मतदान गर्न आम मतदातालाई आग्रह गरेका थिए ।

बुटवल उपमहानगरपालिकाका १३, तिलोत्तमा नगरपालिका ६ र सैनामैना नगरपालिकाका ४ गरि २३ वटा वडा समेटिएको क्षेत्र नं। २ मा नेपाली काँग्रेसले १६ वटा वडामा निर्वाचन परिचालन वडा कार्यालय स्थापना गरिसकिएको , त्यसमध्ये शुक्रबार मात्रै बुटवल उपमहानगरपालिकाका १, ६ र १० तथा तिलोत्तमा नगरपालिकाको वडा नं। ३ मा निर्वाचन परिचालन वडा कार्यालय उद्घाटन गरिएको छ ।

तिलोत्तमा वडा नम्बर ३ मा झण्डै तीन दर्जन युवाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनिहरुलाई प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चुन्नु प्रसाद पौडेल तथा समानुपातिक उम्मेदवार रीता सेन वलीले स्वागत गर्नुभएको थियो ।

तिलोत्तमा वडा नम्बर तीनका कार्यबाहक सभापति पदम बहादुर क्षेत्री को सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिका का नगर प्रमुख रामकृष्ण खाँण, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार रीता सेन वली, महासमिति सदस्य चित्रबहादुर केसी ले बोल्नु भएको थियो।

तिलोत्तमा नगरपालिका वडा नम्बर तीनका सचिव नेत्र प्रसाद अधिकारीको संचालन तथा कोषाध्यक्ष राजु प्रसाद उपाध्यायको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : शुक्रबार, माघ २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij