सस्तो प्रचारबाजी र योजना बेचेर मात्र बिकास हुदैन : नबराज सुवेदी

सस्तो प्रचारबाजी र योजना बेचेर मात्र बिकास हुदैन : नबराज सुवेदी

बुटवल, रुपन्देही क्षेत्र नम्बर दुई का नेपाली जनता दलका उम्मेदवार राजु पौडेल  संग आज बुटवलमा निर्वाचन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सस्तो प्रचारबाजी गरी कागजमा श्रमजिवी वर्गको कुरा गरेर मात्र देशको आर्थिक विकास नहुने धारणा सो अवसरमा बोल्ने बक्ताहरुले बताएका छन्।

कार्यक्रममा नेपाली जनता दल का कार्यकारी अध्यक्ष, नबराज सुवेदीले सस्तो प्रचारबाजी गरी कागजमा श्रमजिवी वर्गको कुरा गरेर मात्र देशको आर्थिक विकास नहुने बताउनुभयो। उहाँले संरचनागत सुधार देशमा आबश्यक रहेको बताउनुभयो । सो अवसरमा केन्द्रीय सचिव तथा अधिबक्ता बिमल पोख्रेलले पछिल्लो राजनीतिक अवस्था बिज्ञान र प्रकृति बाट बिमुख हुदै गएको धारणा राख्नुभयो। उहाँले देशलाई नयाँ धारबाट अगाडि बढाउन नेपाली जनता दल आएको उहाँको जिकिर थियो उहाँले “मानिसलाई प्रकृतितर्फ फर्काउन,मानव र प्रकृतिको सहि स्थान जान्नू आबश्यक रहेको छ” पृथ्वीको ओजन तहको अबस्थामा आएको खराब अबस्था मानिसको गलत प्रयोगले यस्तो अवस्थामा आएको बताउनुभयो। हिंसाबाट मुक्त गरि नयाँ दार्शनिक धारबाट नेपाललाई बिकास गर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर दुई का उम्मेदवार राजु पौडेलले शासकीय पुनर्संरचना, शिक्षा स्वास्थ्य र खेलकुद, कृषि, उद्योग र पर्यटन, पर्यावरण , सार्वजनिक क्षेत्र मजदुर र किसान, सामाजिक सुरक्षा,बिदेश नीति, आदिमा समुदायका अधिकारलाई बिशेष प्राथमिकता दिने बताउनुभयो । उहाँले सुशासन, पारदर्शी, न्याय पूर्ण रुपमा आम रुपन्देही क्षेत्र नम्बर दुई का जनताको हकहितमा समर्पित हुने बताउनुभयो।नेता पौडेलले “बिकास नेतासंग भिख माग्ने कुरा नभएर नागरिकको अधिकार हो” उहाँले भन्नुभयो।

कार्यक्रममा उठेका प्रश्नको जवाफ द्वय पोख्रेल र सुवेदीले प्रष्ट पार्नुभएको थियो।

प्रकाशित मिति : शनिबार, माघ २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij