फागुन २१ को निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ : उपसभापति शर्मा

फागुन २१ को निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ : उपसभापति शर्मा

भैरहवा, नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको काँग्रेस पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो र पहिलो दलको रुपमा आउने बताउनुभएको छ । उहाँले देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त गरिएको विभिन्न ठाउँको सूचनाबमोजिम काँग्रेस पहिलो पार्टी बन्ने बताउनुभयो ।

काँग्रेस रुपन्देहीले बिहीबार आज भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइसकेको बताउनुभयो । ‘काँग्रेसले धेरै निर्वाचनहरु जितेको छ । जित्ने कुरा हाम्रा लागि नौलो कुरा होइन, कयौं निर्वाचन हामी हारेका छौं , हार्ने कुरा पनि काँग्रेसको जिन्दगीमा नौलो कुरा होइन । तर, यो निर्वाचन कुन दल र उम्मेदवारले जित्ने भन्दा पनि अझ विशेष, गहन र गम्भीर छ, ’उहाँले भन्नुभयो ।

‘२०८४ मा हुने चुनाव २०८२ मा किन हुँदैछ रु ७४ जना आमाको काख किन जल्यो रु देशको सिंहदरबार, संसद् भवन किन जल्यो रु अरबौं खरबौंको क्षति किन भयो रु देशमा त्यो प्रकारको निराशा किन भयो रु यो भएको कुराको गम्भीर समीक्षा गरेर मतदातालाई मत दिन काँग्रेस आग्रह गर्ने हो, ’शर्माले भन्नुभयो ।

देशमा जनताको मन जलेको, मन भाँचिएको र विश्वास टुक्रिएको उहाँको भनाइ छ । ‘यो बेला जेनजी विद्रोह सबै गलत भयो, भदौ २३ अघि सबै ठीक थियो भन्ने होइन, ’उहाँले भन्नुभयो । पुरानाका दिन गए भन्न नमिल्ने उहाँको भनाइ छ । यो धर्तीमा सबैभन्दा पूरानो कुरा धर्ती नै भएको र नयाँ भनेको जन्ममितिले नहुने शर्माले बताउनुभयो । ‘नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्दै बदलिएको हो र नयाँ भएर आएको काँग्रेस नै हो, ’शर्माले भन्नुभयो । जेनजी विद्रोहले देशमा परिवर्तन खोजेको उहाँले बताउनुभयो । संसार बदल्नु छ भने आफूबाट नै सुरुवात गर्नुपर्ने शर्माको भनाइ छ ।

त्यस्तै पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी फागुन २१ गते हुने निर्वाचनमा काँग्रेसको बहुमत आउन जरुरी रहेको बताउनुभयो । उहाँले काँग्रेसका सबै नेता–कार्यकर्ता एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । काँग्रेस नेतृत्वको सरकारले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल बनाएको र काँग्रेस नेतृत्वले नै यसको सञ्चालन गर्ने उहाँको भनाइ छ ।

पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले मुलुकको समस्याको समाधान काँग्रेसले मात्रै गर्न सक्ने बताउनुभयो । प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न काँग्रेसलाई चुनावमा जिताउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार हिरा ब. खत्री, क्षेत्र नम्बर २ का उम्मेदवार चुन्न प्रसाद पौडेल, क्षेत्र नम्बर तीनका उम्मेदवार शुशिल गुरुङ, क्षेत्र नं चारका उम्मेदवार आशुतोष मिश्र, ५ का उम्मेदवार भरत कुमार शाहले, काँग्रेस बदलिएको र अब देशलाई बदल्न आवश्यक रहेको बताउदै  देश बदल्न ,भ्रष्टाचारमुक्त बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ हुने निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बने मात्र जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न सकिने बताउनुभयो । उहाँले संविधानको रक्षाका लागि काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँण, पूर्व केन्द्रीय सदस्य गंगा शाही लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव हरि प्रसाद काफ्लेले गर्नु भएको थियो।

प्रकाशित मिति : बिहिबार, माघ २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij