उपमहानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल पहिलो

उपमहानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल पहिलो

बुटवल , देशभरिका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहागरपालिका सबैभन्दा अगाडि देखिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गरेको छ । जस अनुसार सबैभन्दा अगाडि ६४।४४ अंकसहित बुटवल छ । सबैभन्दा कमजोर इटहरी उपनगरपालिका छ । इटहरीले ३८।९६ अंकमात्र पाएको छ ।

दाङका दुई उपमहानगरमध्ये तुल्सीपुरले ६१।५३ र घोराहीले ६१।०८ अंक पाएको तथ्यांक छ । धरान उपमहानगरले ४९।७६ अंक पाएको देखिन्छ ।

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरेरनगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको उल्लेख छ ।

यसैगरी आव २०८१, ८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरेरनगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।

आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाएरनबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेकोलाई समेत सूचक मानिएको छ ।

यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिका अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ । देशभरि ८० अंक कटाउने स्थानीय तह भने ४ वटामात्र छन् । जसमा अधिकांश पश्चिम नेपालका छन् ।

कुन उपमहानगरपालिकाले कति पाए अंक

बुटवल स् ६४।४४

तुल्सीपुर स् ६१।५३

घोराही स् ६१।०८

धनगढी स्५६।६०

नेपालगञ्ज स् ५६।४५

हेटौंडा स् ५४।१३

जनकपुर स् ५१।५८

धरानः ४९।७६

कलैया स् ४९।५७

जीतपुर सिमराः ४८।३९

इटहरी स् ३८।९६

प्रकाशित मिति : बिहिबार, माघ २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij