सांसद आशिका तामाङको निर्देशनप्रति धादिङका १३ वटै स्थानीय तहको आपत्ति, प्रतिवाद गर्ने चेतावनी

सांसद आशिका तामाङको निर्देशनप्रति धादिङका १३ वटै स्थानीय तहको आपत्ति, प्रतिवाद गर्ने चेतावनी

काठमाडौँ : धादिङका सबै स्थानीय तहले नवनिर्वाचित कानूनविपरीत प्रतिनिधिसभा सदस्यले निर्देशन दिएको भन्दै कडा प्रतिवाद गर्ने घोषणा गरेका छन्।

धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले केहि दिनअघि दिएको निर्देशनलक्षित टिप्पणी गर्दै १३ वटै स्थानीय तहले  र प्रशासनमार्फत हुने हस्तक्षेपको विरोध जनाएका हुन्। धादिङ क्षेत्र नं.१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले पछिल्लो पटक धादिङका स्थानीय तहहरूलाई निर्देशन दिँदै आएकी छिन्।

बिहीबार नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको जिल्लाका सबै पालिका प्रमुख र उपप्रमुखहरूको संयुक्त बैठकले तामाङको नाम नलइकनै सांसदहरूबाट हुने हस्तक्षेपले स्थानीय सरकारको स्वायत्ततामाथि प्रहार गरेको ठहर गर्दै यसको विरुद्धमा उभिने निर्णय गरेको हो।

‘नवनिर्वाचित माननीयज्यूहरूका नामबाट संविधान एवं कानुन विपरीत जारी भएका निर्देशनहरू र प्रशासनमार्फत स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने कार्यको यो बैठक कडा प्रतिवाद गर्दछ’, संयुक्त विज्ञप्तिमा भनिएको छ।

presss-1773909830.jpg

प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij