काठमाण्डौ – अहिले कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै काठमाण्डौको सुन्दरीजलमा १३ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी वायूका साथै स्थानीय वायुको प्रभाव रहेको छ । आज देशका पहाडी क्षेत्रका थोरै ठाउमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । त्यस्तै हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
आज पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै ठाउँहरु तथा मधेश प्रदेशसहित कोशी प्रदेशको तराई भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जन/चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आजभन्दा भोलि तुलनात्मकरुपमा अलि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्