काठमाडौँ , आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले एकरदुई ठाउँमा ठूलो वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिनुभयो । अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको तथा आजदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाएर काम गर्न अनुरोध गर्नुभएको छ ।
यसको असर पश्चिम नेपालमा बढी रहेको र ती क्षेत्रमा बिहानैदेखि असर गर्ने बताउनुभयो । उहाँका अनुसार दिउँसो त्यसको असर काठमाण्डौमा पनि आइपुग्ने छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू–भागका केही ठाउँहरुमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जनरचट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एकरदुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि पनि कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा तथा मधेश प्रदेशको एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्