लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हावाहुरीको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हावाहुरीको सम्भावना

काठमाण्डौ , आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र हिमाली भू(भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू(भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । दिउँसोपछि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हावाहुरीसमेत चल्न सक्ने भएकाले सावधानी अपनाउन माशाखाले आग्रह गरेको छ ।

कोशीका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । राति कोशी र गण्डकी प्रदेशको हिमाली भू(भागको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि पनि केही ठाउँमा वर्षा र हिमपातसँगै सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij