आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

Gujarat Titans' Jos Buttler plays a shot during the Indian Premier League cricket match between Chennai Super Kings and Gujarat Titans in Chennai, India, Sunday, April 26, 2026. (AP Photo)

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । चेन्नईमा हिजो भएको खेलमा १ सय ५९ रनको लक्ष्य गुजरातले १६ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।

चेन्नईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । गुजरातका कागिसो रबाडाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । अर्शद खानले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको गुजरातका साई सुदर्शनले ४६ बलमा ८७ रनको शानदार इनिङ्स खेले । उनले ७ छक्का प्रहार गरे । जोश बटलर ३९ रनमा अविजित रहे । कप्तान शुभमन गिलले ३३ रन जोडे ।

यस जितसँगै गुजरात अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने चेन्नई छैटौँ स्थानमा झरेको छ । हिजोको खेलमा चेन्नईको सुरुवात निकै खराब रह्यो । आईपीएल क्रिकेटमा आज बेलुकी पौने ८ बजे दिल्लीमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्लुरु खेल्नेछन् ।

प्रकाशित मिति : सोमबार, बैशाख १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij