रूपन्देही – लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’ सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्य ले‘महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेश गर्नेछन् ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्