इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

काठमाण्डौ , इरानमा अमेरिकाले फेरि आक्रमण गरेको छ । गएराति अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनाहरूलाई लक्ष्य गरेर आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।

इरानी पक्षले शहरको पूर्वी क्षेत्रमा तीन वटा विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ । यसअघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कारबाही गरेको जनाएको थियो । अमेरिका र इरानबीच तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला फेरि आक्रमण भएको हो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानले संयुक्त रूपमा हर्मुज जलमार्गको जल यातायात व्यवस्थापन गर्ने सहमति भएको भन्ने इरानी सरकारी सञ्चारमाध्यमको दाबी अस्वीकार गर्नुभएको छ ।

हर्मुज जलमार्ग खुला रहने उहाँको भनाइ छ । इरान–अमेरिका युद्ध अन्त्यको लागि कतारमार्फत अप्रत्यक्ष वार्ता भइरहेको छ ।

 

प्रकाशित मिति : बिहिबार, जेष्ठ १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij