रविन्द्र ढाँट ‘रोड टू युएफसी’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली

रविन्द्र ढाँट ‘रोड टू युएफसी’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली

काठमाण्डौ , नेपाली मिक्स मार्सल आर्ट(एमएमए) फाइटर रविन्द्र ढाँटले ‘रोड टू युएफसी सिजन ५’को सेमिफाइनलमा स्थान बनाएका छन् ।

मकाउको ग्यालेक्सी एरेनामा हिजो भएको क्वाटरफाइनलमा ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा टेक्निकल नकआउटमार्फत पराजित गरे । उनी प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन् ।

खेलको शुरुदेखि नै आक्रामक शैलीमा खेलेका ढाँटले दोस्रो राउन्डको अन्त्यतिर लगातार स्ट्राइक प्रहार गरेका थिए । त्यसपछि रेफ्रीले खेल रोकेका थिए । अल्टिमेट फाइटिङ च्याम्पियनसिप (
युएफसी)को आधिकारिक नतिजाअनुसार उनले ‘ग्राउन्ड एन्ड पाउन्ड’ मार्फत जित दर्ता गरेका हुन् ।

सेमिफाइनलमा ढाँटले अस्ट्रेलियाका कासिब मर्डोकको सामना गर्नेछन् । मर्डोकले क्वार्टरफाइनलमा जापानका युनोसुके मिनामीलाई हराएका थिए ।

‘रोड टू युएफसी’ एसियाली खेलाडीलाई युएफसीमा प्रवेश गराउने छनोट प्रतियोगिता हो । प्रतियोगिताका प्रत्येक तौल समूहका विजेताले युएफसी कन्ट्र्याक्ट प्राप्त गर्ने व्यवस्था छ ।

 

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij