काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यम स्तरको तातो हावाको लहर (हिट वेभ) चल्ने सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार सोही अवधिमा कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो दिन (हट डे) को अवस्था रहने सम्भावना छ।
ती क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ।
विभागले अत्यधिक गर्मी तथा तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्