रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने शक्ति गौचनको घोषणा

रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने शक्ति गौचनको घोषणा

भैरहवा- पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर शक्ति गौचनले रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । लुम्बिनी खुकुरी क्लब, बेलहियाले शनिबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा यही जेठ २५ गते हुने संघको निर्वाचनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने गौचनले घोषणा गर्नुभएको हो ।

क्रिकेट खेल र खेलाडीको समस्याको समाधान गर्न आफूले उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो । उहाँले २५ वर्षसम्म आफूले क्रिकेटको विकासमा योगदान पुर्याएको बताउनुभयो । गौचनले १८ वर्ष खेलाडीको रुपमा र खेलबाट सन्यास लिएपश्चात पनि क्रिकेट खेलको विकासमा निरन्तर लागिपरेको बताउनुभयो । समग्र क्रिकेट खेलको विकासका लागि रुपन्देही क्रिकेट संघको नेतृत्व गर्न आफूले चाहेको उहाँले बताउनुभयो । क्रिकेट प्रतियोगिता सञ्चालनका लागि प्रयाप्त भौतिक पूर्वाधार आवश्यक हुने उहाँको भनाइ छ ।

‘नेपाली क्रिकेटले छुट्टै पहिचान बनाएको छ, उहाँले भन्नुभयो–‘विगतमा रुपन्देही जिल्ला खेलाडी उत्पादनको जिल्लाको रुपमा चिनिन्थ्यो, अहिले केही संख्या घटेको छ, क्रिकेट क्षेत्रमा सुधारको आवश्यकता पनि छ, ’उहाँले भन्नुभयो । आफू अध्यक्षमा निर्वाचित भएपछि काम गरेर देखाउने उहाँले दावी गर्नुभयो । ‘निस्वार्थ भावले क्रिकेटको विकासका निम्ति लागिपरेका छौं र लाग्छौं, ’उहाँले भन्नुभयो ।

त्यस्तै रुपन्देही क्रिकेट संघको उपाध्यक्ष पदका उम्मेदवार संजीव कुमार जोशीले क्रिकेट र पर्यटन क्षेत्रलाई सँगसँगै लैजाँदा आर्थिक चलायमानमा पनि टेवा पुग्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा लुम्बिनी खुकुरी क्लबका अध्यक्ष महेश थापा, पूर्वअध्यक्ष राम बहादुर बस्नेत लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij