नेतृत्व विकास तथा क्षमता अभिवृद्धि, धितो मूल्यांकन र लिलामीसम्बन्धी तालिम सम्पन्न

नेतृत्व विकास तथा क्षमता अभिवृद्धि, धितो मूल्यांकन र लिलामीसम्बन्धी तालिम सम्पन्न

तिलोत्तमा, पूर्वसैनिक कृषि सहकारी संस्था लि। तिलोत्तमा–७, भलवारी, रुपन्देहीले आफ्ना सञ्चालक समिति, लेखा समिति र उपसमितिहरुका लागि एकदिवसीय नेतृत्व विकास तथा क्षमता अभिवृद्धि, धितो मूल्यांकन र धितो लिलामीसम्बन्धी तालिम सम्पन्न गरेको छ ।

भलवारीमा आयोजित तालिममा सहकारी बैंक, बुटवल शाखाका प्रबन्धक रोशन पौडेल, सहकारी अभियन्ताहरु दलबहादुर गुरुङ र युवराज घिमिरेले नेतृत्व विकासको अर्थ, यसका विधि, प्रक्रिया, क्षमता विकासका तरिका, निक्षेप, बचत, कर्जा, कर्जा मूल्यांकनका आधार, धितो लिलामीका प्रक्रियाका विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिम समापन कार्यक्रममा सहकारीका अध्यक्ष क्याप्टेन रामबहादुर गुरुङ, उपाध्यक्ष हवल्दार कृष्णबहादुर पुन, सचिव मेजर सुवेदार गिरी प्रसाद राना, सदस्य अनिता गुरुङ, कोषाध्यक्ष पदमबहादुर गुरुङ, व्यवस्थापक सुनिता पुन र कर्मचारी केशरी थापा मगरले प्रस्तुत प्रिजेन्टेसनमाथि आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले आफ्नो सहकारीलाई जिल्लाकै नमूना कृषि सहकारी बनाउने अभियानमा गतिशील गरेको समेत बताउनुभयो ।

उहाँहरुले तालिमबाट सैद्वान्तिक ज्ञान प्रशस्त हासिल भएको र सो ज्ञानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने प्रतिवद्वता जनाउनुभयो । तालिममा संस्थाका ३५ जनाको सहभागीता थियो ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij