तिलोत्तमा, तिलोत्तमा नगरपालिका वडा नं तीनमा रहेको जानकीनगर आमा समूहको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। बालबालिकाको सर्वाङ्गीण विकासका लागि हाजिरीजवाफ भन्ने मूल उद्देश्य सहित कार्रयक्रम गरिएको हो ।



कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं तीनका वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले बालबालिका हाम्रो भविष्य भएकोले उनीहरुको बौद्धिक क्षमता बृद्धि र विकास सकारात्मक रुपले बढ्नुपर्ने धारणा राख्नुभयो।
तिलोत्तमा नगरपालिकाका बाल सहजकर्ता लक्ष्मी ज्ञवालीले जानकीनगर आमा समूहले सधैं पृथक खालका कार्यक्रम गर्दै आएको भन्दै प्रशंसा ब्यक्त गर्नुभयो।
लुम्बिनी इन्टिग्रेटेड कलेज तिलोत्तमा तीनमा भएको हाजिरीजवाफ प्रतियोगिता मा सातवटा समूहले सहभागिता जनाएका थिए।
समूहका अध्यक्ष गिता रानाले समूहले देउसीभैलो खेलेर जम्मा भएको रकमबाट बालबालिकाको लागि बौद्धिक क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो।
ति मध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने छात्र, छात्रा हरुलाई पुरस्कृत गरिएको आयोजक जानकीनगर आमा समूहका उपाध्यक्ष कल्पना शर्माले जानकारी दिनुभयो।
सामाजिक उत्तरदायित्व अन्तर्गत रही समूहले समय समयमा बौद्धिक क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम आयोजना गर्ने गरेको उहाँले बताउनुभयो।
सो अवसरमा शिक्षक अम्बिका घिमिरे,शुवोदना कुंवर ,लूम्बिनी इन्टिग्रेटेड कलेजका प्रकाश अधिकारी, सहभागीका तर्फ बाट सविद अधिकारी र अभिनव पन्थी, जानकीनगर टोल बाल सन्जालका अध्यक्ष बिबेक पाण्डे, टोल विकास संस्थाका सचिव रीता शर्मा प्युठानी ,लगायतले बोल्नुभएको थियो।
कार्यक्रम रमा भट्टराई पौडेलको संयोजकत्व एवं सचिव रीता गिरीको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्