लुम्बिनी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्।
धेरै मत प्राप्त गर्ने दुई जनाबीच पुनः प्रतिस्पर्धा हुने भनिए पनि सहमतिका आधारमा सबैभन्दा धेरै मत प्राप्त गर्ने घिमिरे सभापतिमा निर्वाचित भएको सांसद ज्ञानु पौडेलले जानकारी दिइन्।
सभापति पदका लागि शनिबार साँझ भएको निर्वाचनमा शालिकराम घिमिरेले १९९, मञ्जु भुसालले ७१, डाक्टर राजकुमार सुवेदीले ८०, मधुप्रसाद अर्यालले १९, गोपाल घिमिरेले ८७ र रुपन्देहीका गणेश पौडेलले ८४ मत प्राप्त गरेका थिए।
प्रकाशित मिति : आइतबार, जेष्ठ ३१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्