पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने

काठमाण्डौ — पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ ।

महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

साथै कोशी प्रदेशका तराईका केही ठाउँमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक/दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ । भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

तराई क्षेत्रमा भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । यस्तै पर्सि पनि मौसमको अवस्था धेरै फरक नहुने देखिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा र मधेश प्रदेशका एक/दुई ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने पर्याप्त वर्षा नहुँदा तातो दिनको अवस्था अझै केहीदिनसम्म कायम रहने सम्भावना छ । गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले अत्यधिक घाम लाग्ने समयमा बाहिरी गतिविधि कम गर्न, पर्याप्त पानी पिउन र आवश्यक सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

प्रकाशित मिति : सोमबार, असार १ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij