काठमाण्डौ , भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोटमा गएराति सामान्य विवादका क्रममा झैझगडा हुँदा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ । महोत्तरीको मिथिला नगरपालिका–९ घर भई अहिले नगरकोट मोड बस्ने २८ वर्षीय आकाश रसाइलीको हत्या भएको हो ।
घटनामा गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा उदयपुर घर भई अहिले भक्तपुर सल्लाघारी बस्ने आयुष कार्की, झापा घर भई अहिले सल्लाघारी बस्ने दोर्जे शेर्पा र गुल्मी घर भई अहिले सल्लाघारी बस्ने रमेश कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असार ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्