कोलम्बिया नकआउट चरणमा

कोलम्बिया नकआउट चरणमा

खेलको ७६ औं मिनेटमा मुनोजले कंगाको पेनाल्टी एरियामा पाएको बललाई गोलमा परिणत गरे। यो समूहमा पोर्चुगल चार अंकमा दोस्रो स्थानमा छ।

काठमाडौं , कोलम्बिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

दोस्रो चरणको अन्तिम प्रतियोगिता अन्तरगत समूह ‘के’ मा डीआर कंगोलाई १–० ले हराउँदै ६ अंकका साथ अन्तिम ३२ मा स्थान बनाएको हो। मेक्सिकोको स्टाडियो ग्वाडालाजारामा भएको खेलको एक मात्र गोल ड्यानिएल मुनोजले गरे।

खेलको ७६ औं मिनेटमा मुनोजले कंगाको पेनाल्टी एरियामा पाएको बललाई गोलमा परिणत गरे। यो समूहमा पोर्चुगल चार अंकमा दोस्रो स्थानमा छ।

कंगो एक अंकमै सीमित रहेर तेस्रो स्थानमा रह्यो। उज्वेकिस्तान भने शून्य अंकमा पुछारमा छ। समूह चरणको अन्तिम खेलमा कोलम्बियाले पोर्चुगलको सामना गर्नेछ भने कंगो र उज्वेकिस्तान भिड्ने छन्।

प्रकाशित मिति : बुधबार, असार १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij