देशका केही भूभागमा वर्षा, केही स्थानमा तातो दिन

देशका केही भूभागमा वर्षा, केही स्थानमा तातो दिन

काठमाडौंः देशका केही भूभागमा आज वर्षा हुनेछ। हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेकोछ भने केही केही स्थानमा तातो दिन हुनेछ। मनसुन सबैतिर नफैलिँदा केही स्थानमा तातो दिन हुने पूर्वानुमान छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ।

मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सफा रहनेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस, वाग्मती र गण्डकी प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर चल्नेछ। वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ।

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ।

मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोसी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा वाग्मती प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

हाल कोसी, मधेस र वाग्मती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ। अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ।

प्रकाशित मिति : बिहिबार, असार ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij