रास्वपा केन्द्रीय सदस्यकाे मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्यकाे मतदान सम्पन्न

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । रास्वपाकाे केन्द्रीय निर्वाचन आयोगका अनुसार गएराति १२ बजेदेखि शुरू भएकाे मतदान अहिले दिउँसाे साढे १२ बजे सम्पन्न भएको हो ।

महाधिवेशनमा ४ हजार १०० जना प्रतिनिधि रहेकामा ३ हजार ९५० मत खसेको रास्वपाकाे अनुमान छ । विद्युतीय मेशिनबाट मतदान भएकाले परिणाम २ घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ ।

चितवनको भरतपुरमा चलिरहेकाे महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना सदस्यका लागि मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको चुनाव प्रक्रिया अघि बढ्ने छ । दोस्रो चरणमा २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री गरी ६ जनाको चुनाव हुनेछ ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार ७ गतेदेखि शुरू भएको हो ।

प्रकाशित मिति : बिहिबार, असार ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij