करहिया खानेपानीको ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी शिलान्यास

करहिया खानेपानीको ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी शिलान्यास

करहिया खानेपानीको ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी शिलान्यास

कुञ्जलापुर। तिलोत्तमा नगरपालिका–६, कुञ्जलापुरस्थित करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष विष्णु प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष गणेश प्रसाद सुबेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख रामकृष्ण खाणले स्वच्छ खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै गुणस्तरीय खानेपानी सेवा विस्तारका लागि नगरपालिका आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले निर्माण हुने ओभरहेड ट्यांकीले पश्चिम क्षेत्रका नागरिकलाई दीर्घकालीन रूपमा सहज, सुरक्षित र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष विष्णु प्रसाद रेग्मीले करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा–७ भालावारी–दल्का शाखाको रूपमा विस्तार भई सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो। उहाँले नयाँ ओभरहेड ट्यांकी निर्माणपछि खानेपानी वितरण अझ व्यवस्थित, प्रभावकारी र नियमित हुने बताउँदै आयोजना सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।तिलोत्तमा–६ का वडा अध्यक्ष गणेश पाठकले स्थानीयवासीको लामो समयदेखिको खानेपानी समस्या समाधान गर्न आयोजना महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले निर्माण कार्य समयमै सम्पन्न गरी उपभोक्तालाई छिटो सेवा उपलब्ध गराउन सबै पक्षबीच समन्वय आवश्यक रहेको बताउनुभयो।कार्यक्रममा पुर्व अध्यक्ष हेमराज पौडेल, पुर्व जिल्ला समन्वय समिति सदस्य जमुना लम्साल, छत्रबहादुर दर्लामी लगायत स्थानिय सरोकारवालाहरुको उपस्थिति रहेको थियो।४ लाख ५० हजार लिटर क्षमताको उक्त ओभरहेड ट्यांकी निर्माण सम्पन्न भएपछि तिलोत्तमा नगरपालिका–६, ७ र ९ का पश्चिमी भेगका उपभोक्ताले सहज, सुरक्षित र पर्याप्त खानेपानी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
सो कार्यक्रम पश्चात तिलोत्तमा ६ कुञ्जलापुर जोड्ने मंगलापुर कुञ्जलापुर सडकमा रहेको पुरानो साँघुरो पुल नयाँ निर्माण गर्नको लागि अबलोकन तथा निरिक्षण समेत गरिएको थियो। सो पुल बनेपछि प्रत्यक्ष रुपमा मनागलापुर कन्छिबजार सडक संग मंगलापुर चोक जोड्दै यस क्षेत्रका बासिन्दाहरुको लागि सहज हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : बिहिबार, असार १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij