आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै

आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै

 

काठमाडौँ । आज विश्व खेलकुद पत्रकार मनाइदै छ । खेलकुद विटमा कार्यरत पत्रकारहरुको लागि आजको दिनलाई विशेष दिनका रुपमा हेर्ने गरिन्छ ।

हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । खेलकुद पत्रकार दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ (एआइपिस) स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

खेलकुद पत्रकारिता खेलकुदसँग सम्बन्धित समाचार रिपोर्टिङसँग सम्बन्धित पत्रकारिताको एउटा शाखा पनि हो । सबै खेल सम्बन्धित समाचार र घटनाहरू क्रमशः खेल पत्रकारहरुले कभर गरेको इतिहास छ । अहिले आएर डिजिटल युगमा खेलकुद पत्रकारिताको गति र माग निकै बढेको छ ।

पत्रकारितामा छुट्टै विटको सुरुवात गर्ने हेतुले भन्दा पनि खेलकुदका गतिविधि भएपछि त्यसलाई सञ्चार माध्यममा समेट्ने गरी लेखिने गरिएका समाचार नै नेपालमा खेल पत्रकारिताको सुरुवाती चरण हुन्

खेल पत्रकारिताका लागि खेल गतिविधि हुन जरुरी छ । खेल गतिविधि बिना खेल पत्रकारिता असम्भव प्रायः नै छ । खेल पत्रकारिताका लागि खेल विज्ञ हुनुपर्ने हुनाले खेल क्षेत्रमा कलम चलाउने पत्रकार समित हुने गरेको पाइएको छ ।

प्रकाशित मिति : बिहिबार, असार १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij