अवैध रूपमा भित्र्याइएका कुखुराका चल्ला र सुर्ती बरामद

अवैध रूपमा भित्र्याइएका कुखुराका चल्ला र सुर्ती बरामद

भैरहवा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँचका क्रममा करिब रु. ३ लाख ७८ हजार ४ सय बराबरका अवैध रूपमा भन्सार छलि नेपाल भित्र्याइएका सामान बरामद गरेको छ।

प्रहरीका अनुसार असार २८ गते लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अड्डौली क्षेत्रमा चेकजाँचका क्रममा लु १० प ७७५५ नम्बरको मोटरसाइकलबाट अवैध रूपमा ल्याइँदै गरिएका कुखुराका १,१२० वटा चल्ला (१० कार्टुन) बरामद गरिएको हो। बरामद चल्लाको अनुमानित मूल्य रु. १ लाख २६ हजार ८ सय रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, लुम्बिनी सांस्कृतिक नगरपालिका–१ स्थित खुनगाई क्षेत्रमा चेकजाँचका क्रममा यूपी ५३ एए २७३४ र यूपी ५५ ए ए २७३४ र यू पी ५५७८ नम्बरका मोटरसाइकलमा ल्याइँदै गरिएको २५० केजी सुर्ती बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सुर्तीको अनुमानित मूल्य रु. २ लाख ५० हजार रहेको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले  जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, असार १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij