चमत्कारिक पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा, इजिप्टलाई ३-२ ले हरायाे

चमत्कारिक पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा, इजिप्टलाई ३-२ ले हरायाे

बुटवल । साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै जारी फिफा विश्वकपको अन्तिम १६ मा इजिप्टलाई ३- २ काे नमिठाे हार चखाएकाे छ ।

इजिप्टसंगकाे जितसँगै अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा समेत प्रवेश गरेको छ । यसअघिकाे खेलमा विश्कपकाे नयाँ टाेली केप भर्डेलाई अतिरिक्त समयमा पराजित गर्दै अघि बढेको अर्जेन्टिना इजिप्टविरुद्ध पनि ठूलो दबाबमा परेको थियो ।

इजिप्टका यासेर इब्राहिम र मोस्ताफा जिकोले गोल गर्दै पहिलो हाफमै इजिप्टेली टोलीलाई २-० को अग्रता दिलाएका थिए । २-० ले पछाडी पर्दा अर्जेन्टिना दबाबमा परेकाे थियाे ।  तर खेलको ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले एक गोल फर्काएपछि भने अर्जेन्टिनाले पुनरागमनको शुरुवात गरेको थियो ।

त्यसको पाँच मिनेटपछि पहिलो हाफमा पेनाल्टी अवसर गुमाएका लियोनेल मेसीले बराबरी गोल गर्दै खेललाई २-२ को अवस्थामा पुर्‍याएका थिए । त्यसपछि पाएकाे इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजको क्रसमा एन्जो फर्नान्डेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३-२ को रोमाञ्चक जित दिलाउदै क्वाटरफाइनलमा स्थान बनाए ।

यस खेलमा अर्जेन्टिनाले विश्वकप इतिहासकै शानदार पुनारगमनकासाथ जित हासिल गरेको छ ।  यस जितसँगै अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि कोलम्बिया वा स्विट्जरल्यान्डसँग क्वार्टरफाइनलमा भेट गर्नेछ ।

प्रकाशित मिति : बुधबार, असार २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij