एसीसी १९ वर्षमूनीको महिला प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी १९ वर्षमूनीको महिला प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी १९ वर्षमूनीको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ । आज बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इन्डोनेसियालाई ९ विकेटले हरायो ।

इन्डोनेसियाले दिएको ६९ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा एक विकेट गुमाएर भेट्टायो । नेपालका साना प्रविणले अविजित २५ रन जोडिन । सावित्री धामीले २४ रन तथा करुणा बिष्टले अविजित १६ रन बनाइन ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै ६८ रन बनाएको थियो । मनिषा उपाध्यायले ४ विकेट लिइन ।

यसअघि हिजो भएको सेमिफाइनलमा नेपाल यूएईसँग ‘सुपर ओभर’ मा पराजित भएको थियो । नेपाली टोली यसअघि नै एशिया कपमा छनोट भैसकेको छ ।

प्रकाशित मिति : शनिबार, साउन २ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij