डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्क-न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार बिहान सम्पन्न फाइनलमा फेरान टोरेसको निर्णायक गोलसँगै स्पेन दोस्रो पटक विश्वविजेता बनेको हो ।

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १०६औँ मिनेटमा पेड्रो पोरोको क्रसलाई निको विलियम्सले हेडमार्फत मिलाइदिएपछि फेरान टोरेसले आकर्षक प्रहार गर्दै बललाई जाली चुमाएका थिए ।

टोरेसले ११४ औँ मिनेटमा अर्को गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर)ले अफसाइड ठहर गरेपछि गोलले मान्यता पाएन ।

निर्धारित समयको अन्तिम मिनेटमा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो। त्यसको असर अतिरिक्त समयमा स्पष्ट देखिएको थियो ।

यसअघि पहिलो हाफमै अर्जेन्टिनाका प्रमुख डिफेन्डर लिसान्द्रो मार्टिनेज चोटका कारण मैदान छाड्न बाध्य भएका थिए । त्यसपछि टोलीको रक्षापंक्ति कमजोर बन्दा स्पेनले लगातार दबाब सिर्जना गरेको थियो ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले केही अवसर सिर्जना गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । स्पेनले भने सुरुदेखि नै आक्रामक र व्यवस्थित खेल प्रदर्शन गर्दै उपाधिमाथि आफ्नो दाबी बलियो बनाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष उपस्थितिमा भएको फाइनल खेलको मध्यान्तरमा म्याडोना, शाकिरा, जस्टिन बिबर र बीटीएसलगायत विश्वप्रसिद्ध कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए ।

सन् २०१० पछि पहिलो पटक विश्वकप ट्रफी उचालेको स्पेनले प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाएको हो

प्रकाशित मिति : सोमबार, साउन ४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij