काठमाण्डाै – गएको आर्थिक वर्ष २०८२/०८३ मा २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार १ वर्षमा २० खर्ब ९७ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात र ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँको निर्यात भएको हो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत र निर्यातको हिस्सा १३.०७ प्रतिशत छ ।
कुल वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।
सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोनलगायत छन् । यस्तै सबैभन्दा धेरै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैँची, गलैँचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेललगायतका वस्तु छन् ।
प्रकाशित मिति : बिहिबार, साउन ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्