काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । उनीविरुद्ध झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी सीजेपी को प्रदर्शन चलिरहेको छ ।
निट पेपर लिक मामिलामा भारतका विभिन्न राज्यहरूमा शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग अघि सारेर प्रदर्शन भइरहेको थियो । प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामाबारे जानकारी दिएका छन् ।
‘जन्तर–मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा लगाऊन् र करियर निर्माणमा केन्द्रित होऊन् भन्ने विषयलाई ध्यानमा राख्दै मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु,’ उनले लेखेका छन् ।
यसअघि कांग्रेससहितका विपक्षी दलहरूले पनि शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै आएका थिए ।
प्रकाशित मिति : शनिबार, साउन ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्