बुटवल-मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानले आफुहरूका माग सम्बाेधन नभए साउन १२ गतेदेखि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
अभियानले शनिबार रूपन्देहीको तिलाेत्तमामा पत्रकार सम्मेलन गरि यही साउन ११ गतेसम्म आफुहरूका माग सुनुवाइ नभए १२ गतेदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
कार्यक्रममा राष्ट्र राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका संगठन बिभाग प्रमुख प्रेम थापाले तत्कालीन शुशिला कार्की नेतृत्वको सरकार र अभियानबीच भएको १२ बुँदे सहमति कार्यान्वयन नभएकोले आन्दोलनमा जान बाध्य भएको बताए ।
साउन ११ गतेसम्म आफुहरूका माग सम्बाेधन गर्न अल्टिमेटम दिदै उनलेे माग सुनुवाइ नभए १२ गतेदेखि ससक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
देशभरका कालो सुचिमा परेका उद्योगी ब्यवसायी तथा बैंक तथा लघु बित्तीय संस्था पिडितलाई साथमा लिएर आन्दोलनलाई ससक्त बनाउने योजना रहेको उनलेे बताए ।
अभियानका केन्द्रीय सचिव शंकर काेइरालाले साउन ११ गतेसम्म आफुहरूका माग सम्बाेधन गर्न आग्रह गर्दै माग सुनुवाइ नभए आन्दोलनमा उत्रिनुकाे विकल्प नभएको बताए ।
प्रकाशित मिति : शनिबार, साउन ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्