काठमाण्डाै – नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा धेरै जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकै पटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।
सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन । उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको उहाँकाे भनाइ छ ।
सङ्घका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिन्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ । सामान्य अवस्थामा जति आवश्यक पर्थ्याे त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ ।
अहिले बजारमा १ करोड ५० लाख थान सिलिन्डर छन् जसमध्ये ५० लाख ग्यास डिपोसँग छन् । सरकारले गएको फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास वितरण शुरू गरेको थियो । अहिले नेपालमा ५९ वटा एलपी ग्यास उद्योग छन् ।
प्रकाशित मिति : सोमबार, साउन ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्