तिलोत्तमा, कर्मयोगी समाजसेवी गणेशमान सैंजुको ९४औं तथा समाजसेवी कृष्णप्यारी सैंजुको ९३ औं जन्मजयन्तीको अवसरमा शुक्रबार बुटवलमा भजनकीर्तन सहित विविध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा “एक युगको चिनारी” जीवनगाथामा आधारित वृत्तचित्र सार्वजनिक गर्नुका साथै १३औं गणेश – कृष्ण पुरस्कार वितरण, छात्रवृत्ति वितरण, विपन्न परिवारका बालबालिकाको शिक्षा अक्षयकोषका लागि सहयोग हस्तान्तरण गरिएको हो ।

विश्व हिन्दु महासंघ रुपन्देही, नवजागृति पुस्तकालय, श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाश्रम र गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान ट्रष्ट


को संयुक्त आयोजनामा भएको हो ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले दिप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै।
समाजसेवी गणेशमान सैजुले समाज, शिक्षा र मानवीय सेवाका क्षेत्रमा पुर्याउनु भएको योगदानको महिमा शबदमा बयान गर्न नसकिने बताउनुभयो । उहाँले समाजका लागि निस्वार्थ सेवाभावले काम गर्ने व्यक्तिहरु भावी पुस्ताका लागि प्रेरणाका स्रोत हुने उल्लेख गर्दै सैजुको योगदानलाई संस्थागतरुपमा सर्धै बुटवलले सम्मान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई १३औ गणेशकृष्ण पुरस्कार प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा गण्डकी प्रदेश पोखरा का चिकित्सक डा। तरुण पौडेल, वरिष्ठ गायिका मथुरा प्रधान श्रेष्ठ पांचथर, डा। नरेन्द्र बहादुर श्रेष्ठ काठमाडौं, साहित्यकार देवेन्द्र राज शाक्य बुटवल र ई। रोशन कुमार थापा काठमाडौं, रहनुभएको थियो ।
त्यसैगरी विपन्न तथा जेहन्दार विद्यार्थीलाई रु १० हजार ४ सय छात्रवृत्ति प्रदान गर्नुका साथै विपन्न बालबालिकाको शिक्षाका लागि स्थापना गरिएको अक्षयकोषमा रु २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको समाजसेवी एवं कार्यक्रम संचालन अनुपमान सैंजुले बताउनुभयो ।
कार्यक्रममा बिश्वहिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर श्रेष्ठ, सम्मानित व्यक्तित्वहरु डा. तरुण पौडेल, मधुरा प्रधान श्रेष्ठ, देवेन्द्रराज शाक्य, कार्यक्रमका परिकल्पनाकार काजी रोशन श्रेष्ठ, रोशन कुमार थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा एकघण्टा भजनकीर्तन सहित स्वस्तीर्वाचन समेत गरिएको थियो। कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैजुको जन्मजयन्तीका अबसरमा भोलि बृद्धबृद्धाहरुलाई भोजन गराउने कार्यक्रम रहेको ट्रष्टका अनुमान सैंजु ले जानकारी गराउनु भयो।
प्रकाशित मिति : शुक्रबार, साउन १५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्