तीन दिनमा प्रतितोला १३ हजार १ सय रुपैयाँ बढ्यो सुन

तीन दिनमा प्रतितोला १३ हजार १ सय रुपैयाँ बढ्यो सुन

काठमाडौं – तीन दिनमै सुनको भाउ प्रतितोला १३ हजार १ सय रुपैयाँ बढेको छ । बुधबार ४ हजार २ सय, बिहीबार ८ हजार र शुक्रबार ९ सय रूपैयाँले सुन महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार रुपैयाँ थियो भने बुधबार २ लाख ८८ हजार रुपैयाँ तथा मंगलबार २ लाख ८३ हजार ८ सयमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५८० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ४ हजार ३८० रुपैयाँ थियो ।

प्रकाशित मिति : शुक्रबार, साउन २२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij