काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट पक्षसँग आफू निरन्तर संवादमा रहेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै असन्तुष्ट नेताहरूसँग छलफल भइरहेको बताए।
सदस्यता व्यवस्थापन, निर्वाचन समितिको विषयमा आफू छलफल गर्न तयार रहेको बताए।
उनले भने, ‘यसमा म खुला छलफल गर्न तयार छु। हाम्रा बिचमा छलफल चल्ने एउटा पाटो भयो। तर अब हामीसँग समयको सुविधा छैन। हामी संविधानले बाँधिएका छौँ, पार्टीको विधानले बाँधिएका छौँ, विशेष महाधिवेशनले गरेको निर्णयले बाँधिएका छौँ।’
असोज १६ गतेबाट नेपाली कांग्रेस पार्टीको केन्द्रीय महाधिवेशन हुने बताए।
उनले भने, ‘आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो। त्यही कार्यतालिका हामी सबैले पछ्याउँछौँ। असोजको १६ गतेबाट काठमाडौंमा महाधिवेशन हुन्छ। अन्तिम मिति तलमाथि नहुने गरी कार्यतालिकालाई आउँछ।’
प्रकाशित मिति : मंगलबार, भाद्र २ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्