रुपन्देही उद्योग संघको ४८औं वार्षिक साधारण सभा असोज २६ गते हुने

रुपन्देही उद्योग संघको ४८औं वार्षिक साधारण सभा असोज २६ गते हुने

बुटवल , रुपन्देही उद्योग संघको ४८औं वार्षिक साधारण सभा असोज २६ गते सोमबार हुने भएको छ । शनिवार बसेको संघको कार्यसमिति बैठकले वार्षिक साधारण सभा असोज २६गते गर्ने निर्णय गर्नुका साथै यसको तयारीका लागि विभिन्न जिम्मेवारीहरु प्रदान गरेको हो ।

संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षमा सम्पन्न भएको बैठकले साधारण सभाको तयारीका लागि समितिका पदाधिकारी तथा सदस्यहरुलाई कार्यविभाजन गरेको महासचिव सुमन बस्यालले जानकारी दिनुभयो ।

साधारण सभामा विधान संशोधनका लागि निवर्तमान अध्यक्ष दिलिप सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको छ । यो समितिले यसअघि भएको विधानलाई संशोधन गर्नका लागि साधारण सभामा सबै विधि समेटेर लैजाने छ । त्यसैगरी कार्यसमिति सदस्य किरण खरेलको संयोजकत्वमा किट ब्याग तथा खाना व्यवस्थापन समिति गठन भएको छ । साधारण सभामा वार्षिक प्रतिवेदन महासचिव सुमन बस्याल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विशाल वेल्वासेले तयार गर्नुहुनेछ ।

रुपन्देहीका उद्योगीहरुको साझा संस्था रहेको संघमा हाल ११ सय उद्योगी आवद्ध रहेका छन् । संघको ४८औं वार्षिक साधारण सभा संघको आफ्नै भवन बुटवल–४ मा सम्पन्न गरीने संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भएको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij