तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला

तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला

बुटवल -पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा शनिबार बिहान बगेका एक भारतीय युवाको शव बुटवलमा फेला परेको छ ।

तिनाउ गाउँपालिका–३, ड्यामसाइड क्षेत्रमा पौडी खेल्ने क्रममा बगेका भारत उत्तर प्रदेशको सिद्धार्थनगरका २९ वर्षीय प्रभाष सोनीको शव बुटवल उपमहानगरपालिका–१५, उजेलापुर क्षेत्रमा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।

स्थानीयका अनुसार तीन जना भारतीय मूलका युवा शनिबार बिहानै तिनाउ खोलामा पौडी खेल्न पुगेका थिए । उनीहरू पौडी खेलिरहेका बेला माथिल्लो तटीय क्षेत्रमा पानीको बहाव बढेर खोलामा एक्कासि पानीको सतह बढेपछि प्रभाषलाई बगाएको बताइएको छ ।

बगेका प्रभाषको खोजी गर्ने क्रममा केही घण्टापछि उनको शव बुटवल–१५ उजेलापुर क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij