प्रधानमन्त्रीलाई आङ्देम्बेले बुझाए ९ बुँदे ध्यानाकर्षण पत्र- अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिइयोस्

प्रधानमन्त्रीलाई आङ्देम्बेले बुझाए ९ बुँदे ध्यानाकर्षण पत्र- अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिइयोस्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहसँग भेट गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर आङ्देम्बेले प्रधानमन्त्री बालेनसँग भेट गरेका हुन्।

करिब आधा घण्टा भएको छलफलमा आङ्देम्बेले प्रधानमन्त्रीलाई उद्धार र राहतका लागि ९ बुँदे ध्यानाकषर्णपत्रसमेत बुझाए। उनले प्रधानमन्त्रीलाई स्थानीय तहसँग समन्वय गरेर उद्धार र राहतलाई तिव्रता दिन समेत आग्रह गरे। प्रभावित क्षेत्र पुगेका आङदेम्बेले हिजो गृहमन्त्री सुधन गुरुङलाई पनि भेटेका थिए।

प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, हवाई उद्धारलाई थप प्रभावकारी बनाइयोस् । नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय छ । तर, रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गरियोस् ।

रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक सफा गरी आवागमन सुचारु गर्न र क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा ७ स्थानमा बेलीब्रिज जडान गर्न माग गरेका छन्।

अवरुद्ध विद्युत् तथा टेलिफोन सेवा सञ्चालन गरी उद्धार, राहत र समन्वयलाई सहज बनाउन, बेपत्ताको खोजी र शव व्यवस्थापन तीव्र पार्न आग्रह गरेका छन्।

बाढीले बगाएर ल्याएका शवहरू यत्रतत्र रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, शव पहिचान र उचित व्यवस्थापन गर्न समेत माग गरेका छन्।

उद्धार गरिएका नागरिकको यातायात व्यवस्था गरी आवश्यकताअनुसार काठमाडौंसम्म पुर्‍याउने यातायातको व्यवस्था गर्न, घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिने आग्रह गरेका छन्।

पत्रमा भनिएको छ, ‘स्थानीय तहसँग प्रभावकारी समन्वय गरियोस् । उद्धार तथा राहतमा स्थानीय सरकारसँग सङ्घीय सरकारले आवश्यक समन्वय र सहकार्य बढाओस् । राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक सङ्घसंस्थालाई समेत सहजीकरण गरियोस् ।’
अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन समेत माग गरेका छन्।

उनले भनेका छन्, ‘सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिइयोस् ।’

त्रिशूलीलगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्न र विपद्को कठिन घडीमा नागरिकको जीवन रक्षा सर्वोच्च प्राथमिकता राखी उद्धार, राहत र पुनः स्थापनाका कार्यलाई तीव्र बनाउन ध्यानाकर्षण गराए।

प्रकाशित मिति : शनिबार, भाद्र १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij