मदरल्याण्ड स्कुलमा निःशुल्क स्वास्थ्य शिविर, १७१ जनाले लिए विशेषज्ञ सेवा

मदरल्याण्ड स्कुलमा निःशुल्क स्वास्थ्य शिविर, १७१ जनाले लिए विशेषज्ञ सेवा

बुटवल– मोतिपुरस्थित मदरल्याण्ड इङ्लिस स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। बुटवल १७ मा रहेको अशोक क्लिनिकको प्राविधिक सहयोग, मदरल्याण्ड इङ्लिस स्कुलको आयोजना तथा युवा रेडक्रस सर्कलको सह–आयोजनामा शिविर सञ्चालन गरिएको हो।
शिविरमा १ सय ७१ जनाले स्वास्थ्य लाभ लिएका छन्।
शिविरमा सुगर, प्रेसर, थाइराइड तथा कोलेस्ट्रोल परीक्षण तथा परामर्श, रुघाखोकी, दम, निमोनिया, मुटुसम्बन्धी समस्या, ज्वरो तथा टाइफाइडसम्बन्धी समस्या, मिर्गौला, पिसाब, युरिक एसिड तथा बाथरोगसम्बन्धी परीक्षण र परामर्श दिइएको थियो।
त्यस्तै बालबालिकाको स्वास्थ्य परीक्षण तथा उपचार, बालबालिकामा देखिने ज्वरो, खोकी, झाडापखाला, निमोनिया, कान तथा घाँटी दुख्ने, छालाको समस्या, पेट दुख्ने, बान्ता, पिसाब संक्रमण तथा कब्जियतलगायत समस्याको जाँच गरिएको थियो।
नाक, कान तथा घाँटीसम्बन्धी समस्याका एलर्जी, नाकबाट रगत आउने, आवाज परिवर्तन, टन्सिल तथा नाक–कान–घाँटीमा अड्किएका वस्तुसम्बन्धी समस्याको परीक्षण तथा उपचार गरिएको थियो।
शिविरमा मदरल्याण्ड इङ्लिस स्कुलका विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दासहित विभिन्न उमेर समूहका सेवाग्राहीले स्वास्थ्य सेवा लिएको स्कुलका अध्यक्ष हरिहर श्रेष्ठले जानकारी दिनुभयो। विद्यालयले समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै स्वस्थ बालबालिका, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको विद्यालयका प्रिन्सिपल मणिरत्न भण्डारीले बताउनुभयो । शिविरमा फिजिसियन विशेषज्ञ डा तिलकराम भटराई,नाक काम घाटी रोग विशेषज्ञ डा विशेष रेग्मी , र वालरोग विशेषज्ञ डा जगदीश कुँवरबाट सर्वसाधारण तथा बालबालिकाको स्वास्थ्य परीक्षण, उपचार तथा स्वास्थ्य परामर्श प्रदान गरिएको अशोक क्लिनिकका संचालक हेमन्त सुनारले जानकारी दिनुभयो।

 

प्रकाशित मिति : आइतबार, भाद्र २१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij