अस्मिता र हेमन्त शर्माको अर्को सहकार्य , मायामा के राम्रो सार्बजनिक

अस्मिता र हेमन्त शर्माको अर्को सहकार्य , मायामा के राम्रो सार्बजनिक

सुदिप गौतम 

बुटवल, अस्मिता अधिकारी संग अग्रज गायक हेमन्त शर्माले नया गीतमा अस्मिता संगको सहकार्यमा नया प्रेम गीत मायामा के राम्रो सार्बजनिक बुधबार हेमन्त शर्मा युट्युब च्यानलबाट सार्बजनिक गरेका छन।

उता परेली झिमझिम भो यो गीत नसुनेको सायदै हुनुहुन्छ होला , हेमन्त शर्मा र अस्मिता अधिकारीको स्वरमा सजिएको यो गीत सुपरहिट भएपछी पुन सहकार्यमा नया प्रेम गीत मायामा के राम्रो सार्बजनिक बुधबार हेमन्त शर्मा युट्युब च्यानलबाट सार्बजनिक गरेका हुन् ।

प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज कृष्ण बी।के।ले गरेका हुन् भने अडियो सम्पादन श्याम श्वेत रसाइलीले गरेका छन्।

गीतमा चर्चित वाद्यवादक हेमन्त कान्छा रसाइलीले सारंगीको धुन भरेका छन्। त्यस्तै, बाँसुरीको धुन रत्न विकले दिएका छन्। सञ्जीव विकले गिटारमा साथ दिएका छन् भने अडियोको प्रि–मिक्सिङ कमल थापा मगरले गरेका हुन्।

म्युजिक भिडियोमा चर्चित निर्देशक तथा कलाकार सुनिल क्षेत्री र करिश्मा केसीले अभिनय गरेका छन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन सुनिल क्षेत्रीले गरेका हुन्। म्युजिक भिडियोको छायांकन पवन सुस्लिङले गरेका छन् भने सम्पादन तथा कलर अमृत चापागाईंको रहेको छ।

नयाँ गीत ‘मायामा के राम्रो’ ले पनि दर्शक–श्रोताको माया पाउने अपेक्षा गरिएको छ।

मूल हौ भने रसाईदेउ, माया सारै महँगो ,थापन थाप हातैमा , मालती लगायतका दर्जनौ सुपरहिट गीत नेपाली गीत संगीतलाई दिएका गायक शर्माको गत वर्षको दशैँ गीत आउथ्यो दशैँ आउन त गीत १ करोड ६२ लाख भन्दा धेरैले हेरेका थिए।

प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij