बुटवल – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका–१७ को वडा अधिवेशनबाट केशवराज पाण्डे सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ।
वडा अधिवेशनबाट नेत्रकुमारी राना र टीकाराम पौडेल उपसभापति, ऋषिराम भट्टराई सचिव तथा लक्ष्मी भुसाल सह–सचिवमा निर्विरोध निर्वाचित हुनुभएको हो।
त्यस्तै वडा कार्यसमिति सदस्यमा कमला पाण्डे, लक्ष्मी रेश्मी, सीता बन्जाडे, केशवराज गैरे, सुमित्रा कार्की, लखनप्रसाद चौधरी, प्रतिमा चौधरी, बेलबहादुर आले, तुल्सीबहादुर चौधरी र लिला रास्कोटी निर्विरोध निर्वाचित हुनुभएको छ।
यसैगरी बुटवल–१७ बाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि २३ जना क्षेत्रीय प्रतिनिधि समेत निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत संजिता पौडेल अनुसार क्षेत्रीय प्रतिनिधिमा भीमप्रसाद न्यौपाने, ओमबहादुर घिमिरे, कमल गुरुङ, ज्ञानुमाया पोखरेल, निर्मल पौडेल, श्याममाया गुरुङ, देवी दंगोरिया, रेखा विक, टंक पाण्डे, कृष्ण बस्याल, धनबहादुर उचाई ठकुरी, विक्रम थापा, ईश्वरीप्रसाद चापागाईं, लक्ष्मण रेग्मी, रचना खड्का जिसी, पुष्पा चौधरी, अमर राना, रमेश घिमिरे, चिन्तामणि शर्मा न्यौपाने, फूलमाया सुनार, रामप्रसाद न्यौपाने, पशुपति नाउ र विनोद ठाकुर निर्विरोध निर्वाचित हुनुभएको हो।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति बाबुराम घिमिरेले पार्टी संगठनलाई बलियो बनाउन वडा तहदेखि नै एकता, सहकार्य र सक्रियता आवश्यक रहेको बताउनुभयो।
नवनिर्वाचित सभापति केशवराज पाण्डेले पार्टीको संगठनलाई थप मजबुत बनाउँदै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वडा तहमा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउँदै जनताको सुख–दुःखमा साथ दिने गरी काम गर्ने बताउनुभयो।
प्रकाशित मिति : सोमबार, असोज ५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्