बुटवल – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका–१९ को वडा अधिवेशनबाट केदार न्यौपाने सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ।
वडा कार्यसमितिको उपसभापतिमा नेत्रलाल खनाल र मायादेवी थापा, सचिवमा धनबहादुर थापा ‘मनोज’ तथा सह–सचिवमा जीवन भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यसैगरी वडा कार्यसमिति सदस्यमा कमला पाण्डे, करमारी गुरुङ, मिना थारू, कविराज थारू, काशीप्रसाद थारू, गगन पुन, मानबहादुर थारू, मधुकुमार श्रेष्ठ र गोकुल नेपाल निर्वाचित हुनुभएको छ।
यसैगरी बुटवल–१९ बाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि समेत निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत कृष्णा रोक्काका अनुसार क्षेत्रीय प्रतिनिधिमा मथुरा चापागाईं, लक्ष्मी थारू, अमृता केसी, जोकबहादुर खत्री विक्रम, हरिहर श्रेष्ठ, पोषराज चापागाईं, हिमबहादुर खत्री, ओमप्रसाद अर्याल, मुक्तिप्रसाद चापागाईं, विकास सारू, शंकर दर्लामी, टंक क्षेत्री, लोकनाथ गोतामे, रामकृष्ण बराल, खिमानन्द भण्डारी, सुन्तना परियार, समबहादुर गुरुङ, पवित्रा चौधरी, दुर्गाप्रसाद चापागाईं, होमनाथ भण्डारी र सरिता भण्डारी निर्विरोध निर्वाचित हुनुभएको हो।
निर्वाचन अधिकृत रोक्काले वडा अधिवेशनबाट सभापति, पदाधिकारी, वडा कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो।
प्रकाशित मिति : सोमबार, असोज ५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्