काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाएको छ। एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेको हयसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने जानकारी गराएका थिए। सचिवालय बैठकपछि बसेको केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव अघि बढाइएको थियो।
एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा जारी रहेको थियो। बैठकअघि बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बसेको थियो। बैठकमा सांगठनिक विषयसहित स्थायी कमिटी र पोलिटब्युरो गठनलगायत विषयमा समेत छलफल भएको थियो।
पूर्वराष्ट्रपति भण्डारी लामो समय एमालेको सक्रिय राजनीतिमा रहेकी थिइन्। उनी एमालेकी तत्कालीन उपाध्यक्षसमेत रहेकी थिइन्। राष्ट्रपति पदमा निर्वाचित भएपछि उनले पार्टीको सक्रिय सदस्यता त्यागेकी थिइन्। पछिल्लो समय उनी पुनः एमालेको सक्रिय राजनीतिमा फर्कने विषय चर्चामा थियो।
केन्द्रीय कमिटीको निर्णयसँगै भण्डारी एमालेको सम्मानित वरिष्ठ नेताको भूमिकामा रहने भएकी छन्।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्