सैनामैना -नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ (ख) को सभापति पदका लागि सैनामैनाका अगुवा नेता रामप्रसाद अधिकारीले उम्मेदवारी प्रस्तुत गरेका छन्।लामो समयदेखि पार्टी संगठन, सामाजिक सेवा, शिक्षा तथा व्यवसायिक क्षेत्रमा सक्रिय अधिकारीले १३ वटै वडामा संगठनलाई थप व्यवस्थित, गतिशील र सुदृढ बनाउने एजेण्डासहित उम्मेदवारी दिएका हुन्।
विशेषगरी तल्लो तहदेखि पार्टीको जग बलियो बनाउँदै सामाजिक र शैक्षिक क्षेत्रमा छवि बनाएका नेताहरू कार्यकर्ताका माझ सधैं लोकप्रिय हुन्छन् । यही साङ्गठनिक परिपक्वता, सामाजिक स्वीकार्यता र तीन दशक लामो समर्पणका साथ नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ (ख) को सभापति पदका लागि सैनामैनाका अगुवा नेता रामप्रसाद अधिकारीले आफ्नो बलियो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
सैनामैना नगरसहित कुल १३ वटा वडाको प्रतिनिधित्व गर्दै प्रदेश सभा क्षेत्र (ख) मा पार्टी संगठनलाई थप चुस्त, व्यवस्थित र गतिशील बनाउने स्पष्ट एजेण्डाका साथ उनी चुनावी मैदानमा होमिएका हुन् ।
विद्यार्थी राजनीतिदेखि नगर सभापतिसम्मको यात्रा
तीन दशक लामो राजनीतिक तथा सामाजिक यात्रामा संगठन निर्माणमा सक्रिय रहँदै आएका अधिकारीले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। विद्यार्थी राजनीतिबाटै संगठन निर्माणको कला सिकेका अधिकारीले नेपाली कांग्रेसको गाउँ कार्यसमितिका विभिन्न पदहरूमा रहेर जिम्मेवारीपूर्वक काम गरे । गाउँ समितिमा उपसभापति भएर काम गरिसकेका उनीसँग स्थानीय तहको संगठनलाई तल्लो तहदेखि बुझ्ने गहिरो अनुभव छ ।
पार्टीको १४ औँ महाधिवेशनबाट नेपाली कांग्रेस सैनामैनाको प्रथम नगर सभापतिमा निर्वाचित भएपछि उनको साङ्गठनिक क्षमता थप उजागर भयो । नगर सभापतिको कार्यकालमा उनले देखाएको कार्यकुशलता र नेतृत्व क्षमताकै कारण उनी रुपन्देही जिल्लाकै ‘उत्कृष्ट नगर सभापति’ को रूपमा सम्मानित समेत भए। नगर सभापति बनेदेखि नै उनले वडा तहसम्म संगठनलाई सक्रिय बनाउने, युवा पुस्तालाई पार्टीमा जोड्ने र पुराना तथा नयाँ कार्यकर्ताबीच मजबुत सम्बन्ध बनाउने सेतुको काम गर्दै आएका छन् ।
बहुआयामिक व्यक्तित्व
शिक्षा, समाजसेवा र उद्योग व्यवसाय राजनीतिमा मात्र नभई सामाजिक, शैक्षिक र व्यावसायिक क्षेत्रमा पनि अधिकारीको उपस्थिति उत्तिकै दरिलो र प्रशंसनीय छ । रुपन्देही जिल्लाभरि नै एक परिचित र आदरणीय व्यक्तित्वका रूपमा स्थापित उनले विभिन्न सामाजिक संघ-संस्थाहरूको नेतृत्व र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सरकारी विद्यालयको शैक्षिक सुधारका लागि श्री पर्रोहा माध्यमिक विद्यालयमा लगातार दुई कार्यकाल अध्यक्ष भई नेतृत्व प्रदान गरेका अधिकारी पर्रोहा बहुमुखी क्याम्पसका पदेन सदस्य समेत हुन् ।
सैनामैना जेसिजका संस्थापक अध्यक्ष तथा लायन्स क्लब अफ सैनामैनाका संस्थापकका रूपमा उम्मेदवार अधिकारीले युवा नेतृत्व विकास र सामाजिक सेवामा उल्लेख्य योगदान दिएका छन् । सैनामैना उद्योग वाणिज्य संघको संस्थापक महासचिव भएर स्थानीय उद्योगी-व्यवसायीको हकहितमा काम गरेका उनले मुर्गिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा समेत रहेर सेवा गरेका छन् । नेपाल रेडक्रस सोसाइटीका विभिन्न पदमा रहेर मानवीय सेवामा खटिएका अधिकारी स्थानीय सहकारी अभियान र रेडियो सैनामैना जस्ता सामुदायिक सञ्चार माध्यमसँग पनि नजिकबाट जोडिएका छन् । समन्वयकारी क्षमता र मध्यमार्गी सोच नेपाली कांग्रेसभित्र रामप्रसाद अधिकारीलाई एक भद्र, शालिन र बोलीमा मिठास भएका मध्यमार्गी नेताका रूपमा चिनिन्छ।
पार्टीभित्र गुट-उपगुटभन्दा माथि उठेर सबै तहका कार्यकर्तालाई समेट्न सक्ने र वैचारिक समन्वय कायम गर्न सक्ने क्षमता नै उनको प्रमुख सबल पक्ष हो । पार्टीका नेता-कार्यकर्ताहरूका अनुसार अधिकारी एक कुशल संगठक हुन्, जसले समस्याको समाधान संवाद र सहकार्यबाट खोज्न रुचाउँछन् ।
उम्मेदवारीको एजेण्डा र लक्ष्य
क्षेत्र नं. २ (ख) को प्रदेश सभा क्षेत्रीय सभापतिमा आफ्नो दाबी प्रस्तुत गर्दै अधिकारीले राजनीति, समाजसेवा, शिक्षा र व्यवसायका क्रममा बटुलेको तीन दशक लामो अनुभवलाई अब पार्टी संगठन सुदृढीकरणमा पूर्ण रूपमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनका मुख्य एजेण्डाहरू यस प्रकार छन् ।
१. संगठनको सुदृढीकरणस् १३ वटै वडामा पार्टीको संरचनालाई थप व्यवस्थित, पारदर्शी र क्रियाशील बनाउने ।
२. युवा परिचालनस् नयाँ पुस्ता र युवा वर्गलाई पार्टीको नीति र विचारमा आकर्षित गर्दै नेतृत्व तहमा जोड्ने ।
३. एकता र समन्वयस् पार्टीभित्र आन्तरिक एकता, भ्रातृ संस्थाहरूको परिचालन र कार्यकर्ताबीच सौहार्दपूर्ण वातावरण निर्माण गर्ने ।
४. अनुभवको उपयोगस् सामाजिक, शैक्षिक र व्यावसायिक क्षेत्रको आफ्नो फराकिलो अनुभवलाई प्रयोग गरी पार्टीलाई जनताको घरदैलोसम्म लोकप्रिय बनाउने । तीन दशकको समयमा राजनीतिक, सामाजिक निष्ठा, उत्कृष्ट कार्यसम्पादनको इतिहास र कार्यकर्ता माझको लोकप्रिय छवि नै आगामी निर्वाचनमा रामप्रसाद अधिकारीको विजयको मुख्य आधार बनेको छ ।
अधिकारीले राजनीतिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टी संगठन सुदृढीकरणमा उपयोग गर्ने बताएका छन्। उनले पार्टीलाई वडा तहदेखि नै बलियो बनाउँदै जनतासँगको सम्बन्ध थप विस्तार गर्ने लक्ष्य अघि सारेका छन्।
प्रकाशित मिति : शुक्रबार, असोज ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्