बुटवल
नेपाली कांग्रेसको रुपन्देही क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा यकबहादुर सुनार विजयी भएका छन् ।
कुल ८१५ खसेकोमा सुनारले ५१६ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बैजनाथ साहनीले २७३ मत प्राप्त गरे ।
सचिवमा नेमराज न्यौपाने ‘राजेन्द्र’ ४३६ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी दिनमणि पंगेनीले ३१९ मत ल्याए ।सहसचिवमा गणेशप्रसाद तिमिल्सिना ३२६ मतसहित विजयी भए । निरञ्जननाथ योगीले २५७ र महेन्द्र पोखरेलले १६४ मत प्राप्त गरे ।
खस आर्यतर्फ सदस्यमा चमकान्त गौडेल ३७६ मतसहित विजयी भए । लेखनाथ पराजुलीले ३४५ मत प्राप्त गरे । प्रदेश क्षेत्र नम्बर १ ‘क’ खुल्लातर्फ खडकबहादुर सारु ४१६ र जितेन्द्रप्रसाद भर ३२७ मतसहित विजयी भए । नारदप्रसाद निषादको २५१ र मुमेश्वर पन्थको ३०१ मत रह्यो ।
खुल्ला सदस्यतर्फ राधाकृष्ण न्यौपाने ४२१, लालमन यादव ३८० र विष्णुप्रसाद रेग्मी ३२३ मतसहित विजयी भएका छन् । अजिल मोहब्बत गद्दीले २९२, भगवतीप्रसाद केवटले २४० र शिवराम भण्डारीले २८२ मत ल्याए ।
प्रकाशित मिति : शुक्रबार, असोज १६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्