सरकार ढल्दैन, ढल्छ भन्नेहरु ढल्छन् : सभापति लामिछाने

सरकार ढल्दैन, ढल्छ भन्नेहरु ढल्छन् : सभापति लामिछाने

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर हल्ला भएजस्तो सरकार कमजोर नरहेकाले नढल्ने बताउनुभएको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उदघाटनसत्रमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “सरकार अहिले ढल्छ, दसैंमा ढल्छ, तिहार र छठपछि ढल्छ भन्ने हल्ला बाहिर छ, त्यो सम्भव छैन । सरकार बलियो छ, सरकार ढल्छ भन्नेहरु नै ढल्नेछन् ।” देश बनाउने अभियानमा सबै दललाई साथै लिएर अघि बढ्ने उहाँले बताउनुभयो ।

सरकारको शैली र नियत सही रहेको बताउँदै उहाँले परिवर्तनको मुद्दामा रास्वपाले नेतृत्व गरिरहेको बताउनुभयो । दलीय सहकार्यका लागि रास्वपा जहिले तयार रहेको बताउँदै उहाँले देश परिवर्तनको मुद्दामा सबैलाई साथ हिँड्न आव्हान गर्नुभयो ।

रास्वपा नेतृत्वको सरकारले मुलुकको लोकतन्त्र कमजोर हुन नदिने, मुलुकको अर्थतन्त्रलाई कमजोर बन्न नदिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । जनताले भोट हालेर ठुलो पार्टी बनेको रास्वपाले परिवर्तनको मुद्दामा सदैव गम्भीर रहने बताउनुभयो ।

उहाँले थप्नुभयो, “जनताको मन जित्नेगरी काम गर्दैछौं । लोकतन्त्रको हुर्मत लिने काम गर्नेछैनौं । तपाईहरुले कसैले पनि त्यो काम नगर्नुहोला ।” सो अवसरमा सभापति लामिछानेले आफ्नो दललाई आमन्त्रण गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : आइतबार, असोज १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij