कांग्रेस महाधिवेशन : भोलि बिहान ७ बजे मात्रै मतदान

कांग्रेस महाधिवेशन : भोलि बिहान ७ बजे मात्रै मतदान

????????, ?? ????? ?????? ?????????? ????????????? ?????????? ?????????? ?????? ???? ?????? ?????????? ???? ??????????? ?????? ??? ?????????? ???????? ????????? ???????? ?????????? ?????? ???????? ????? ??????? ????? ?????÷????

काठमान्डौँ –नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ । बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटकसम्म सारेर दिउँसो साढे २ बजेसम्म पुर्‍याइए पनि त्यसपछि पनि मतदान सुरु हुन सकेन ।

समयमै मतदान सुरु हुन नसकेपछि केन्द्रीय निर्वाचन समितिले शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने नयाँ समय तय गरेको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ ।

यसअघि आजका लागि तोकिएको मतदानको समय पटक–पटक सारिए पनि निर्वाचन समितिले अन्तिम समयमा अर्को समय सार्वजनिक गरेको थिएन ।

निर्वाचन समितिले मतदानका लागि आवश्यक निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएकाले मतदान प्रक्रिया प्रभावित भएको जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, असोज २२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij