कांग्रेस केन्द्रीय समितिको चयनका लागि आज मतदान

कांग्रेस केन्द्रीय समितिको चयनका लागि आज मतदान

काठमाण्डौ , नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । मतदान हिजै हुने भनिए पनि मतपत्र छपाइमा ढिलाइ हुँदा निर्धारित समयमा चुनावी प्रक्रिया शुरु गर्न नसकेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

आज बिहान ७ बजे ज्येष्ठ मतदाताबाट मतदान शुरु गरी दिउँसो ३ बजेसम्म मतदान सक्ने तयारी छ । यसअघि हिजो बिहान ७ बजेका लागि हुने भनिएको मतदान १०, १ र २ बजेका लागि सार्दै आज बिहान बिहान ७ सम्मको लागि स्थगित गरिएको थियो ।

मतपत्र छपाइ लगायतका प्राविधिक काम हिजो दिउँसो सकिए पनि रातभर लगाएर चुनाव गराउनु उचित नहुने भएकाले आज बिहान मात्रै शुरु गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : शुक्रबार, असोज २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij