कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थप

कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थप

काठमाण्डाै – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान चलिरहेको छ । आज बिहान ८ बजेदेखि मतदान शुरू भएको थियो ।

यसअघि बिहान ७ बजे मतदान शुरू गर्ने र दिउँसो ३ बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकाले लम्बिएको छ । मतदानको समय बेलुका ५ बजेसम्मका लागि थप गरेकोमा नसकिएपछि फेरि बेलुका ७ बजेसम्मका लागि थप भएको निर्वाचन समितिले जनाएको छ ।

मतदान गर्न १ जनालाई झन्डै आधा घण्टाको समय लागेको छ । १ जनाले २३ जनालाई मतदान गर्नुपर्छ ।

७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । मतदानका लागि खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी ३ वटा केन्द्र तोकिएको छ ।

कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार हुनुहुन्छ । निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ । मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ ।

प्रकाशित मिति : शुक्रबार, असोज २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij